एलीजा गौतम र सनीस श्रेष्ठ फिचर्ड नयाँ गीत रिलिज भएको छ l सनीसको आवाज रहेको गीत 'तिम्रो बानी परेछ' साइपाल कृयसनको युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ l दाधी अधिकारीको शब्द , कल्यान सिंहको संगीत र गोपाल रसाइलीको एरेन्ज रहेको गीतको भिडियो निर्देशन प्रहील कार्की गरेका छन् l माधव बेलबेसेको सम्पादन रहेको भिडियोको छायाङ्कन अभेस बज्राचार्यले गरेका छन् l