नाजिर हुसेन फिचर्ड म्युजिक भिडियो 'पिरती' बोलको गीत सार्वजनिक भएको छ l भाभ सागर एन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीतमा गायक सुमन केसी र मेलीना राईको आवाज समावेश गरिएको छ l गीतको शब्द अम्बिका गुरुङले कोरेकी छिन l निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोमा दीपक थापाको संगीत, बुद्ध थापाको छायाङ्कन,विकास धमलाको सम्पादन र सुबोल थापाको कोरियोग्राफी रहेको छ । नाजिर सँगै भिडियोमा सुशीला थापाको अभिनय रहेको छ l