प्रताप दास र तुलसा लिम्बुको आवाजमा ‘नौतले घर’ बोलको  म्युजिक भिडियो सार्वजनिक भएको छ। केन्द्र मोसन्स पिक्चर्सको युट्युब च्यानल बाट सार्वजनिक गरिएको गीतको शब्द रचना डीपी खनालको रहेको छ l गम्भीर बिस्टको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा सरोज अधिकारी र आश्मा फिचर्ड छन् l नवराज उप्रेतीले छायांकन गरेका यस गीतको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका हुन् l तारा प्रकाश लिम्बुको संगीत रहेको गीतमा नीरज श्रेष्ठको संगीत संयोजन समावेश रहेको छ । आश्मा र सरोज सँगै भिडियोमा गम्भीर बिस्ट र करिष्मा सिंह ठकुरीको दमदार नृत्य देख्न सकिन्छ ।