नेपाल चलचित्र कलाकार संघले कोरोना महामारीको समयमा संघ संस्था साथै देशका पीडित नागरिकलाई रातदिन खटेर सहयोग गर्ने चलचित्रकर्मीहरूलाई सम्मान गर्ने भएको छ l कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले निर्णयमा चलचित्रकर्मीहरूमा कलाकार निर्मल शर्मा, नायक पल शाह, नायिका पूजा शर्मा, कलाकार तथा रंग पत्रकार सूर्य चन्द, चलचित्रकर्मी राज घिमिरे, निर्देशक एभरेस्ट सूर्य बोहरा र नायिका रिया श्रेष्ठ सम्मानित हुने भएका छन्। 'विशेष सम्मान' का साथ ज्यान नै जोखिममा राखेर काम गर्ने चलचित्रकर्मीहरूलाई उच्च मुल्याङकन गर्दै साथै सामाजिक कार्यमा योगदान पुराएकोले आउँदो साधारण सभालाई मध्यनजर राख्दै सहयोग गर्न्र भएको हो l