केही दीन अघि मात्र सार्वजनिक गरिएको चलचित्र 'छक्का पन्जा ३' र साङ्लो युट्युबको पहिलो र दोस्रो स्थानमा छन् l दीपक दिपा निर्मित चलचित्र 'छक्का पन्जा ३' शीर्ष स्थानमा छ भने त्यसै गरी बिराज भट्टको निर्माण र निर्देशन रहेको 'साङ्लो' दोस्रो स्थानमा रहेको छ l छक्का पन्जालाई हाल सम्म ४२ लाख माथिले हेरी सकेका छन् l कमेडी जनरामा निर्माण रहेको चलचित्रमा दीपक राज गिरी , दीपिका प्रसाईँ, किरण केसी , जितु नेपाल ,केदार घिमिरे 'माग्ने बुढा' निर शाहा लगायतका कलाकारहरूको अभिनय रहेको छ l दोस्रो स्थानमा रहेको बिराज भट्टको साङ्लोलाई पनि १९ लाख माथि दर्शकले हेरी सकेका छन् l यही सिनेमाबाट पूर्व मिस नेपाल निकिता चाण्डकले सिनेमामा डेब्यू गरेकी छन् भने विराजले निर्देशनमा l किड्नी तस्करीको कथालाई प्रस्तुत गरिएको चलचित्रको कथा शिवं अधिकारीले लेखेका हुन् ।बक्स अफिसमा औसत व्यापार गरेको चलचित्रमा बिराज र निकिता सँगै जयनन्द लामा, प्रकाश शाह, आरपी पन्त, शिशिर भण्डारी लगायत कलाकारहरूको अभिनय रहेको छ ।