बलिउड अभिनेता सलमान खानको हिजो जन्मदिनको अवसर पारेर नेपाली बिङ ह्युम्यान टिमले केक काटेका छन् l ‘बिइङ्ग ह्युमन क्लोथिङ नेपाल’ का डाइरेक्टर सुरज केसी र अध्यक्ष राजु थापाको आयोजना सलमानको जन्मदीन किङ्स लन्जमा मनाइएको हो l बिङ ह्युम्यान सलमानको अफिसियल ब्रान्ड हो , उक्त ब्रान्डको चेन नेपालमा पनि लामो समय देखी रहदै आएको छ l आइतबार सलमानको जन्मदिनको अवसर पारेर सीडीएनए संस्थासँग मिलेर कपनमा शारीरिक रुपमा कमजोर रहेका बालबालिकाहरुलाई ४५ हजार रुपैयाँ बराबरको खाद्यान्य सहयोग गरेको थियो ।सोही प्रोग्राममा नेपालका चर्चित कलाकारहरुको पनि उपस्थिती रहेको थियो l अभिनेता भुवन केसी , सुश्मा कार्की ,प्रशान्त ताम्राकार , ॠषि धमला लगायत कलाकारहरुको उपस्थितीमा बिङ ह्युम्यानले केक काटेर जन्मदीन मनाएको हो l सलमानको ठूलो प्रशंसक बताउने अभिनेत्री सुष्मा बर्थ-डे केट काट्ने क्रममा निकै रमाएकी थिइन् । सो अवसरमा उनले सलमानसँग लण्डनमा भेट हुँदाको क्षण पनि स्मरण गरिन् ।