सविन अधिकारीको निर्देशनमा चलचित्र 'गणपति' को निर्माण हुने भएको छ l मङगलबार पत्रकार सम्मेलन गर्दै निर्माण टिमले चलचित्रको औपचारिक घोषणा गरेका हुन l निर्देशक अधिकारीकै कथा संवाद रहने चलचित्रको निर्मातामा लक्ष्मण थापा, विज्ञान के सी र अरविन्द अधिकारी रहेका छन् l स्रीत फिल्म्स एन्टरटेन्मेन्टको ब्यानरमा निर्माण रहने चलचित्रको मुख्य भूमिकामा सुर्यमाला लामा , जयनन्द लामा ,प्रकाश घिमिरे,मेनुका प्रधान ,मुकुन भुसाल ,राजाराम पौडेल, कालु राणा लगायत कलाकारहरूको अभिनय रहने छ l तनहुँ र बन्दिपुर आसपास छायाङ्कन रहने चलचित्र माघ देखी फ्लोरमा जाने निर्माण टिमले बताएका छन् l 'भगवान् र मान्छे बिचको फरक' अर्थात् सामाजिक कथामा आधारित रहने चलचित्रको छायाङ्कन हरि बहादुर घले, कोरियोग्राफी विक्रम स्वारको समावेश रहेको छ l