कोभिडका कारण लामो समय देखी बन्द रहेको चलचित्र क्षेत्र  बिस्तारै चलायमान हुँदै छ l अब थुप्रै चलचित्रकर्मीहरू चलचित्रको घोषणा र सिनेमा हललाई चलायमान दिन मानै ब्यस्त हुन थाली सकेका छन् l केही चलचित्रहरूको छायाङ्कन पनि सुरु भैसकेको छ l औपचारिक घोषणा भएको लामो समय देखी छायाङ्कन नभएको चलचित्र 'हिँड्दा हिँड्दै' को छायाङ्कन आज बाट सुरु भएको छ l कोहलपुर मोडेल कलेजसँगको सहकार्यमा नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टले निर्माण गरिरहेको चलचित्रको छायाङ्कन ललितपुरको गोदावरी बाट सुरु भएको हो l ३५ दीनमा चलचित्रको छायाङ्कन सकाउने निर्माण पक्षले जनाएको छन् l  मिलन आले मगरको निर्देशन रहेने चलचित्रको मुख्य सहायक निर्देशकमा यम भण्डारी र रामकुमार थिङ छन् । सलोन बस्नेत र आकाश श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्रको निर्देशन निर्मातामा प्रमोदकुमार तामाङ, राजकुमार थिङ र पारस गुरुङ रहनुका साथै महादेव शाह सह–निर्माता रहेको चलचित्र काठमाडौँ र गाईघाटमा खिचिने छ । सलोन र आकाशको अलावा चलचित्रमा रेखा शाह, सानिया खान, विकास थापामगर, विवेक रामदाम, ममता पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहने छ ।