चलचित्र 'एउटा यस्तो प्रेम कहानी'को शीर्ष गीत सार्वजनिक भएको छ l सुश्मा कार्कीको न्रित्य रहेको आइटम गीत 'हलाल' सार्वजनिक गरिएको हो l मिना निरौलाको आवाज रहेको गीतको शब्द बिबी थापाले कोरका छन् l सन्तोष रौजरेको संगीत ,योगेश काजीको एरेन्ज ,किशोर थापाको मिक्सिङ मास्टरिङ रहेको चलचित्रको गीतलाई ट्री एन्टरटेन्मेन्टको युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ l दीपेश थापाको निर्देशन रहेको चलचित्रलाई फिश टेल्स मुभीको ब्यानरमा निर्माण गरिएको हो l एक्सन कथामा निर्मित चलचित्रमा शिव श्रेष्ठ, बसुन्धारा भुसाल, सन्जोग कोइराला ,वर्षा राउत,प्रियङ्का कार्की ,आयुष्मान् देश राज जोशी लगायतका कलाकारहरूको अभिनय रहेको छ l