नेफ्टा र ड्रिम हाइ नेपालको संयुक्त आयोजनामा नेफ्टा अवार्डको १० औ संस्करण हुने भएको छ l गत बर्षलाइनै आयोजना गरिन लागिएको नेफ्टा अवार्ड कोभिडका कारण स्थगित भएको थियो l चैत्र २२ मा टुडीखेलमा गरीने भनेता पनि उक्त वर्ष कोभिडले महा मारिनै निम्त्याएको थियो l अवार्ड संयोजक सुश्मा पौडेल 'गीता'को प्रेस विज्ञप्तिमा हाल जनजीवन सामान्य बनेको र व्यवसाय सञ्चालनमा आएको र कोभिडका कारण सुस्त गतिमा चलेको क्षेत्रलाई अझै चलायमान बनाउन नै यो बर्षनै नेफ्टा अवार्ड पक्का हुने भएको हो l
संयोजक पौडेल सँगै ड्रीम हाइ नेपालका प्रमुख कमल जिसीको अनुसार कोभिड १९ लाई मध्यनजर गर्दै सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरी कार्यक्रम गर्ने जनाएका छन् l सञ्चालकहरू कार्यक्रमको अन्तिम तयारीमा जुटिरहनुका साथै अवार्डका लागी पाँच उत्कृष्ट मनोनियन माघ १० गते गर्ने र् अवार्ड कार्यक्रम फाल्गुनको अन्तिम साता गरीने प्रेस विज्ञप्तिमा उल्लेख छ l