सुनिल गिरीको शब्द संगीत ,निर्देशन र आवाजमा 'दिउँला माया तिमीलाई'  सार्वजनिक भएको छ l गायक सुनिललाई आवाजमा गायिका मेलिना राईले साथ दिएकी छिन l यस अघि सोल्टिनी नामक गीत निकालेका सुनिलले सोही गीतको सफलता पछि भाग २ 'दिउँला माया तिमीलाई'  निकालेका हुन l कृष्ण बिकको एरेन्ज, बिकेक विकको छायांकन र सम्पादन साथै कलरिंग रहेको गीतको भिडियोमा सुनिल र उर्मिला गुरुङको अभिनय रहेको छ l भिडियोमा तनहुँमा प्रचलित कौरा भाकालाई देखाइएको छ । गीतको भिडियोलाई सुनिलकै अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ l