पछिल्लो समयको चर्चित गीत 'फुल बुट्टे सारी'को चाइल्ड भर्जन सार्वजनिक भएको छ l फिमेल र मेल भर्जन दुवै सार्वजनिक भए सँगै अरिश्मा सिवाकोटीको आवाजमा चाइल्ड भर्जन देभी ड्यान म्युजिकको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो l राजन राज सिवाकोटीको शब्द र संगीतमा तयार पारिएको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन् l उत्सव दाहालको छायाङ्कन, विकास दाहालको सम्पादन रहेको गायिका अरिश्मा स्वयम फिचर्ड छिन l