कुमार आचार्यको निर्देशन रहेको  टेलिसिरियल 'सम्बन्ध' को ट्रेलर रिलिज भएको छ l प्रेम र एक्सन कथामा मिश्रित टेलिसिरियल ट्रेलर २ मिनेट ३७ सेकेन्डको रहेको छ l रेड वर्ड प्रोडक्सन युट्युब च्यानल बाट सार्वजनिक गरिएको ट्रेलरमा शिशिर राणा,सपना श्रेष्ठ ,हर्शिका श्रेष्ठ,पुष्कर राउत लगायत कलाकारहरूको अभिनय रहेको छ l रामेश्वर हुमागाईँको छायाङ्कन रहेको चलचित्रमा लगानीकर्ताको रूपमा गीता आचार्य, प्रवेश आचार्य ,सरला भण्डारी र अञ्जना श्रेष्ठ रहेका छन् l चलचित्रको कथा संवाद नवीन पन्तको रहेको छ l माघ ३ गते शनिबार नौ बजे प्राइम टाइम्स एचडीबाट प्रसारण हुने सिरियलमा विकास चौधरीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, नविन पन्तको गीत, उषा मलह(सिम्रन)को स्वर समावेस रहेको छ ।