गत बर्षको सुपरहिट चलचित्र ‘छक्का पन्जा’मा बिष्णुको भुमिकामा देखिएकी नायिका नम्रता सापकोटा चलचित्र ‘समर लभ’मा अनुबन्धित भएकी छिन् । सुविन भट्टराइको चर्चित उपन्यास समर लभबाट बन्न लागेको चलचित्रमा नम्रता तय भएकी हुन् । उनी उक्त चलचित्रमा ‘सुस्मिता’ा. नामक भुमिकामा देखिने छिन् । मुस्कान ढकालको निर्देशनमा बन्ने चलचित्रमा मुख्य पात्रहरु करिब एक बर्ष अगाडी नै तय भइसकेको छ । चलचित्रमा अतीत आफ्नो कामको सिलसिलामा पश्चिम नेपाल पुग्दा त्यहाँ सुस्मितासँग भेट हुन्छ । एउटै अफिसमा काम गर्ने भएको कारण उनीहरु बिच शारिरिक सम्बन्ध हुन जान्छ । सुस्मिताले अतितलाई मन पराएकी हुन्छे । त्यसै बिच कथा घुमेको हुन्छ ।

यतिबेला ‘समर लभ’को वर्कसपमा व्यस्त रहेकी नम्रतालाई समर लभ गर्दा खुसीको साथै दुख लागेको बताउछिन् । यस अघि चलचित्र ‘कान्छी’मा अनुबन्धित भएकी नम्रताले एकै समय सुटिङ सुरु हुने भएकाले कान्छीलाई छोड्नु परेको बताउछिन् । ‘दुवै राम्रो ब्यानरको चलचित्र हो । काम गर्ने मन थियो दुवैमा तर समयले गर्दा त्यो नहुने भयो । दुख लागेको छ ।’ चलचित्रको छायाँकन साउनको अन्तिम साताबाट फ्लोरमा जाने बताइएको छ ।  यसै चलचित्रबाट साया र अतितको रुपमा रेवती क्षेत्री र आशिष पियाले डेव्यु गर्दै छन् ।