क्यान्सर बाट निधन भएका बलिउड  अभिनेता इरफान खानको अन्तिम चलचित्र २०२१ मा प्रदर्शन हुने भएको छ l तीन वर्ष अघि चलचित्र 'द् सङ अफ स्क्रोपियन्स' स्विजरल्यान्डको लाकार्नो फिल्म फेस्टिभलमा प्रदर्शनमा आएको थियो l चलचित्रको रिलिज मिति भने तय भैसकेको छैन l ट्रेड एनालिस्ट तरुण आदर्श सामाजिक सञ्जालमा चलचित्रको पिक्चर्स पोस्ट गर्दै “इरफानको अन्तिम चलचित्र द सङ्ग अफ स्र्कोपियन्स’ २०२१ मा रिलिज हुँदै छ । अनुप सिंहको निर्देशनमा बनेको चलचित्र प्यानोरोमा स्पट लाइट र ७० एमएम टाल्किजले प्रस्तुत गर्दै छ ।” भनेर लेखेका छन् l उँट व्यापारीको भूमिकामा चलचित्रमा इरफान लाई देख्न सकिने छ lअनुप सिङको निर्देशन र लेखन रहेको चलचित्रमा इरफानको अलावा  वहिदा रहमान, शशांक अरोरा, तिल्लोतामा शोम र गोल्शिफहेट फराहानीको अभिनय रहेको छ । यस अघि उनको अङ्ग्रेजी मिडियम चलचित्र रिलिजमा आएको  थियो भने चलचित्रलाई दर्शकले अत्यन्तै रुचाउनुका साथै  चलचित्रले व्यावसायिक हिसाबमा राम्रो व्यापार गरेको थियो l