अरिष्मा सिवाकोटीको आवाज रहेको चाइल्ड भर्जन 'फुल बुट्टे सारी' करोड भ्युजमा प्रवेश भएको छ l यसै अब्सरमा निर्माण टिमले केक काटेर खुसीयाली मनाए सँगै अग्रज कलाकारहरूलाई सम्मान गरेका छन् l बुधवार काठमाण्डौको राइजिङ मल्ल प्रेस मिट आयोजना गर्दै निर्माण टिमले कलाकार मदनकृष्ण श्रेष्ठ र गीतकार राजुबाबु श्रेष्ठलाई सम्मान गरेका हुन l यस क्रममा कलाकार मदन कृष्ण श्रेष्ठले र राजुबाबुले फुल बुट्टे टिमलाई बधाई तथा शुभकामना दिएका छन् l पछिल्लो समय युवा पुस्ताको क्रेज रहेको टिक्टकमा गीत एकदमै ट्रेन्डिङमा रहनुका साथै दर्शकले एकदमै रुचाएका छन् l ।‘फूल बुट्टे सारी’मा पुरुषमा मार्मिक लामा र महिलामा मिलन नेवारको स्वर रहेको छ । जसमा शब्द र संगीत राजनराज सिवाकोटीको रहेको छ भने एरेन्ज सञ्जीव बराइलीको छ । महिला र पुरुष स्वरमा रहेका दुवै गीतको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन् । साथै दुवै गीतको मिक्सिङमा श्याम श्वेत रसाइली रहेको छ ।