सिने क्षेत्र चाहे बलिउडमा होस् या कलिउडमा कलाकारहरूको प्याचप र ब्रेकप हुनु भनेको नौलो कुरा भने हैन l यो त सिने क्षेत्रको लागी ट्रेण्डनै हो l कुरा रह्यो साम्राज्ञी राज्य लक्ष्मी शाहको l लामो समय देखीको प्रेम सम्बन्धमा रहेकी साम्राज्ञी र देवांश सम्बन्ध टुटेको छ l विगत २ वर्ष देखी एक अर्काकोको प्रेममा रहेका यी जोडीको बेला बेला प्रेम सम्बन्ध बारे चर्चा रहिनै रहन्थ्यो l केही समयअघि साम्राज्ञीको आमाले गाएको एउटा गीत रिलिज भएको थियो । त्यो गीतमा देवांश र साम्राज्ञीले अभिनय गरेका थिए । सोही भिडियोको कारण विवहाँनै हुन लाग्यो है यो जोडीको भने खबरले एकताका मिडियामा राम्रो स्थान पनि दी रहेको थियो l साम्राज्ञी निकट स्रोतका अनुसार दुई वर्षयता प्रेम सम्बन्धमा रहेका जोडी हालसालै अलग भएको हो । विदेश यात्रा देखी हरेक गतिविधिलाई सामाजिक सञ्जालमा पोस्ट गरी नै रहन्थिन साम्राज्ञीl
दुई तीन महिनायता साम्राज्ञीको सामाजिक सञ्जालमा देवांशको उपस्थिति शून्य छ l उपस्थिति शून्य छ, यो त ठिकै नै छ ! तर उनले देवांशको तस्बिर समेत सामाजिक सञ्जाल बाट हटाइसकेकी छिन l यस कारण पनि यी जोडीको सम्बन्ध टुटेको होइन कि भनेर सोच्नु चाहिँ बेकारै होला l पूर्व प्रेमी मयंक खड्का सँग सम्बन्ध चिसिए पछि देवांश सँग सम्बन्ध अगाडी बढाएकी थिन साम्राज्ञीले l तर अपसोस साम्राज्ञीलाई देवांश पनि फापेन l