स्मिता स्नेहा प्रीजेन्ट्सको प्रस्तुतिमा म्युजिक भिडियो 'हेल्लो माया' सार्वजनिक भएको छ l प्रताप दास र स्मिता दाहालको आवाज रहेको गीतलाई दिनेश कुमार थपलियाले कोरेका हुन l सुनिल छेत्रीको कोरियोग्राफी / निर्देशन रहेको गीतमा सुवास भुसालको संगीत ,उदय राज पौडेलको एरेन्ज र अमन मानन्धरको सम्पादन समावेश रहेको छ l  प्रियङ्का कार्की ,कुशल विष्ट र डिमोन छेत्री फिचर्ड रहेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन l