अंग्रेजी नयाँ वर्षको २०२१ को सुरुवात सँगै अभिनेत्री ऋचा शर्माले चावेलको गणेश मन्दिरमा नयाँ चलचित्रको शुभमुर्हत गरेकी छिन l चलचित्र रहेको छ 'कौसीद' l ऋचा र भोलाराज सापकोटाको मुख्य भूमिका रहने चलचित्रलाई कुमार भास्करले निर्देशन गर्ने छन् l
बैंकबाट ऋण लिने मानिसको कथामा आधारित रहने चलचित्रमा लक्ष्मण बानियाँ सह–निर्माता, दीमेश श्रेष्ठ कार्यकारी निर्माताका रूपमा रहेका छन् l बड पिक्चर्स र ट्राईडेन्ट कन्सेप्टको संयुक्त ब्यानर रहने चलचित्रलाई ऋचा शर्माले निर्माण गर्न लागेकी हुन् ।