एप्स 'सिनेमा घर' अप्डेट भएर नयाँ भर्जनमा आएको छ l सन् २०१६ देखी नेपालमा ओटिटि संस्कार बसाउन सफल 'सिनेमा घर' एप अब नयाँ संस्करणमा 'सिनेमा घर गोल्ड' भएर आएको हो l थ्री सिक्स्टी वण डिग्री मिडियाले विभिन्न नयाँ फिचरहरूका साथ एप्स लाइ दर्शक माझ लेराएको छ l अङ्ग्रेजी नयाँ वर्ष २०२१ को सुरुको दिन देखी नै सन्सारभर रहेका नेपाली चलचित्र प्रेमीहरूलाई उच्च गुणस्तरमा देखाउने प्रयास सँगै ६ वटा चलचित्र आज उपलब्ध भएको छ l डमरुको डण्डीबियो,कोहलपुर एक्सप्रेस, कागज पत्र लगायत अन्य चलचित्र साथै सर्ट मुभी स्ट्यान्ड अप कमेडी एप्समा राखिएको छ l काठमाण्डौको शंखर होटेलमा कार्यक्रम आयोजना गर्दै एप्स सञ्चालकहरूले सिनेमा घरमा केही समय पछि पुनः अन्य चलचित्रहरूलाई पनि उपलब्ध गराउने बताएका छन् l
एन्ड्रोइड फोन, टिभी ,ट्याब देखी अन्य स्मार्ट डिभाइसहरूमा डाउनलोड गरी चलचित्रलाइ हेर्न सकिनेछ l ग्राहकलाई मध्य नजर राख्दै 'सिनेमा घर गोल्ड' को ग्राहक बनी विभिन्न पेमेन्ट सिस्टमहरू जस्तै: पेपाल, वालेट प्रयोग गरी देश देखी विदेश सम्म विभिन्न झन्झट सहित शशुल्क हेर्न सकिने एप्स निर्माण टिमको भनाइ छ l साथै, भारतका विभिन्न भुक्तानी माध्यमहरूमा पनि समावेश हुने काम अन्तिम चरणमा रहेको प्रेस विज्ञप्तीमा उल्लेख छ l विभिन्न कारणले सिनेमा हलमा गएर चलचित्र हेर्न नपाउने दर्शकले डिजिटल माध्यम बाट नै हेर्न पाउने गरी उक्त एप्स सञ्चालनमा लेराएको र रु ५०० ने :रु तिरी वार्षिक भर सिनेमा घरको फाइदा पनि उठाउन दर्शकले सक्ने छन् l त्यसै गरी यसमा सिनेमा घर वालेट जस्तो महत्वपूर्ण फिचर समेत रहेको छ l भुक्तानी माध्यममा पहुँच नहुने देश विदेशका दर्शकहरूले सिनेमा घर वालेटको माध्यम प्रयोग गरी साथीभाइ बाट ग्राहक पनि बन्न पाउने छन् l