नायिक एलिजा गौतम निर्देशक दीपक श्रेष्ठको नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन l आजै मात्र चलचित्र साइन गरेकी एलिजाको उक्त चलचित्रको नाम भने फाइनल भैसकेको छैन l चलचित्रमा एलिजा मुख्य भूमिका अनुबन्धित भएकी हुन l सामाजिक कथा रहने चलचित्रमा आफू फरक भूमिका प्रस्तुत हुने एलिजाले बताएकी छिन l 'अनुराग' बाट सिने क्षेत्रमा प्रवेश गरेकी एलिजाको यो दोस्रो चलचित्र हो l चलचित्रमा एलिजा मात्र फाइनल भएकी छिन भने अभिनेताको भने खोजी भैरहेको छ l