एलीना चौहान र योगेश काजीको आवाजमा “हेप्नी मलाई हेप्नी ” बोलको नयाँ गीत यही आउँदो शुक्रवार रिलिज हुने भएको छ । गीतकार लोकराज अधिकारीको शब्द रहेको गीतलाई क्रान्ति केसीले निर्देशन र सम्पादन गरेका छन् l भिडियोमा वर्षा सिवाकोटी ,नवराज न्यौपाने, शिवहरि वैरागी ,रश्मि भट्ट लगायत कलाकारहरूको अभिनय हेर्न सकिन्छ । योगेश काजीको संगीत र एरेन्ज समावेश रहेको भिडियोलाई अजय रेग्मीले खिचेको हुन l वाइटिच युट्युब च्यानलबाट रिलिज हुने भिडियोको निर्माण नवराज न्यौपानेले गरेका हुन ।