आफ्नै होम प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘पारस’' मा अनमोल सँग नयाँ अभिनेत्री फाइनल भएको खबर बाहिरिएको छ l अनमोल सँग आज्ञा करण जितले चलचित्रमा स्क्रिन सेयर गर्न लागेकी हुन l हाल अनमोल 'ए मेरो हजुर ४' छायाङ्कनमा ब्यस्त छन् l झरना थापाको निर्देशन रहेको चलचित्रमा अनमोल सँगै सुहाना थापा , सलोन बस्नेत लगायत कलाकारहरूको अभिनय रहेको छ l