साहिल खानको निर्देशनमा अभिनेत्री गौरी मल्ल र पल शाहको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ l बिदेसिएका युवाहरूको कथामा निर्माण गरिएको ‘एक्लै हुँदा प​र​देश​मा’ बोलको गीतमा कमल राईको शब्द र आवाज समावेश रहेको छ l  भिडियोमा गौरी मल्ल र पल शाह आमा छोरोको भूमिकामा देखिएका छन् l  तारा प्रकाश लिम्बुको संगीत ,साहास शाक्यको एरेन्ज र मिलन श्रेष्ठको सम्पादन रहेको गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् l गौरी र पलको अलावा भिडियोमा मुमिन्स कायस्थ र निम्स भुसालको पनि अभिनय रहेको छ l