पछिल्लो समय कलाकारिता सँगै समाजसेवामा एकदमै सक्रिय रहेकी अभिनेत्री /मोडेल एलिजा गौतमले यो बर्षकै पपुलर मोडेल अवार्ड हात पारेकी छिन l शनिवार काठमान्डौमा आयोजना गरिएको स्पर्श म्युजिक अवार्ड २०२० कार्यक्रममा एलिजाले फिमेल पपुलर मोडेल अवार्ड उपाधि जीतेकी हुन l अवार्ड समारोहमा दर्शकको माया स्नेहा र हौसलाले गर्दा आफूले यो वर्षको पपुलर मोडेल अवार्ड जितेको र अझै जाँगर र जिम्मेवारी थपिएको एलिजाले बताएकी थिइन l अनुराग चलचित्र बाट सिने क्षेत्रमा पाइला टेकेकी एलिजाले अभिनय बाट खासै चर्चा बटुल्न नसकेता पनि म्युजिक भिडियो भने एलिजालाई मज्जा लेनै फापेको छ l यसै गरी ब्लबस्टर क्विनको उपाधि तीन दशक अघि देखी कलाकारिता क्षेत्रमा योगदान पुर्याएको भन्दै कार्यक्रममा मौसमी मल्ललाई सम्मान गरिएको थियो l जीवनमा पहिलो पटक सम्मानित गरिएकोमा आफूलाई भाग्यमानी ठानेको र पहिलो समारोहमै आफूलाई सम्झिएर यसरी सम्मान गरिदिएकोमा (यशराज गराज तथा दिक्पाल कार्की) लाई धन्यवाद ज्ञापन व्यक्त गरेकी थिइन l