पल शाह र रेश्मा घिमिरेको केमेस्ट्री रहेको 'क्या मज्जा आयो' म्युजिक भिडियो रिलिज भएको छ l राजन राज सिवाकोटी र मेलिना राईको आवाज रहेको गीतलाई ए जी एल युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो l गीतको शब्द रचना र संगीत राजनराज सिवाकोटीको रहेको छ l गम्भीर विष्टको कोरियोग्राफी कन्सेप्ट र निर्देशन रहेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुनl राजन ईशानको एरेन्ज, श्याम श्वेत रसाइलीको मिक्सिङ/ मास्टरीङ रहेको छ भने सम्पादन नवीन निरौलाले गरेका छन् l