सोमबार राजधानीमा आयोजना भएको दोस्रो एलजी सिने सर्कल अवार्ड २०७४ मा चलचित्र जात्राले बाजी मारेको छ । गत बर्ष प्रदर्शनमा आएको चलचित्र ‘जात्रा’ले बिभिन्न बिधामा अवार्ड हात पारेको थियो । प्रदिप भट्टराई निर्देशित चलचित्रले उत्कृष्ट चलचित्र, उत्कृष्ट अभिनेता, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सिनेमाटोग्राफरसहितका अवार्ड हात पारेको थियो । 
नेपाली सेनाको साङ्गीतिक समूहको प्रस्तुतिबाट सुरु भएको कार्यक्रममा चलचित्र माइतीघरका अभिनेता सिपि लोहनी तथा अभिनेत्री माला सिन्हालाई विशेष सम्मान गरिएको थियो । त्यस्तै माइतिघरका सम्पुर्ण टिमलाई सम्मान गरिएको थियो । 
त्यस्तै नेपाली चलचित्रको क्षेत्रमा द्वन्द्व निर्देशक भएर योगदान र्पुयाएबापत वरिष्ठ द्वन्द्व निर्देशक एनबी महर्जनलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।

यस्तो छ अवार्ड विजेताको सुची

१. उत्कृष्ट पोष्टर- सुन्दर श्रेष्ठ ‘ छक्का पन्जा’
२.उत्कृष्ट ट्रेलर- सुरेन्द्र पौडेल ‘लुट २’
३. उत्कृष्ट स्टन्ट- राजु तामाङ ‘जय परशुराम’
४. बर्षको पपुलर गीत- ठमेल बजार ‘ लुट २’
५. बर्षको सर्वाधिक व्यापार गर्ने चलचित्र निर्देशक- दिपाश्री निरौला
६. उत्कृष्ट कमेन्डेबल मुभि अफ द इयरः विजुली मसिन(नविन अवाल)
७. उत्कृष्ट भीएफएक्स- सत्यम राना/सुदिप आचार्य ‘ जय परशुराम’
८. उत्कृष्ट कोरियोग्राफर- कविराज गहतराज ‘पुर्व पश्चिम रेल’ (छक्का पन्जा)
९.उत्कृष्ट एक्सन संयोजक- हिमाल केसी(के म तिम्रो होइन र)
१० .उत्कृष्ट संगीतकार- कालिप्रसाद बाँस्कोटा (निर जहिले रिसाउने, पुरानो डुंगा)
११.उत्कृष्ट पार्श्व गायक- युवराज चौलागाई ‘तिमि साथ हुदा नि'(पलाँस)
१२.उत्कृष्ट पार्श्व गायिका- मिना निरौला ‘ठमेल वजार (लुट २)
१३.उत्कृष्ट ध्वनी मिश्रण- शैलेश श्रेष्ठ ‘ गाजलु’
१४. उत्कृष्ट सम्पादन- अर्जुन जिसी ‘विरविक्रम
१५.उत्कृष्ट जोडी- माओत्से गुरुङ र मेनुका प्रधान(पुरानो डुंगा)
१६. पपुलर अभिनेत्री- प्रियंका कार्की(छक्का पन्जा)
१७. पपुलर अभिनेता-दीपकराज गिरी(छक्का पन्जा)
१८.उत्कृष्ट पटकथा- प्रदिप भट्टराई ‘जात्रा’
१९.उत्कृष्ट अभिनेता- विपिन कार्की ‘जात्रा’
२०.उत्कृष्ट अभिनेत्री- बर्षा राउत ‘जात्रा’
२१.उत्कृष्ट निर्देशक- प्रदिप भट्टराई ‘जात्रा’
२२.उत्कृष्ट चलचित्र – जात्रा