सुटिङ नजिकिँदै गर्दा 'रेड वाइन' निर्माण टिमले चलचित्रको नाम परिवर्तन गरेका छन् l 'तिम्रो मेरो साथ' नाम फाइनल गर्दै निर्माण टिमले चलचित्र बाट 'रेड वाइन' नाम हटाएका हुन l समयको माग र दर्शकलाई मध्य नजर राख्दै निर्माण टिमले चलचित्रको नाम परिवर्तन गरेका हुन l पुष्प खड्का र साम्राज्ञी आर एल शाहको मुख्य भूमिका रहने यस चलचित्रबाट रमेश एम के पौडेल डेब्यु निर्देशकको रुप्मा देखिँदै छन् l चलचित्रमा पुष्प खड्का, साम्राज्ञी आर एल शाहको अलावा सन्दीप क्षेत्री, खबपु , इमिली लामा र ध्रुव दत्तको अभिनय रहने छ । शुक्रवार बाट फ्लोरमा जाने चलचित्रको कथा संवाद सविर श्रेष्ठले लेखेका हुन l l नेपाल सँगै अमेरिकामा पनि छायाङ्कन रहने चलचित्रलाई आर्यन फिल्म्स र बोधी एच डी को संयुक्त ब्यानरमा निर्माण गर्न लागिएको हो l चलचित्रको लगानीकर्तामा पासाङ लामा ,निरू भण्डारी , सुमन पौडेल र सुधीर पराजुली रहेका छन् ।