पछिल्लो समय आध्यात्मिक 'वे' तिर लागेकी अभिनेत्री निता ढुंगाना कहिलेकाहीँ प्रेमको चर्चाले पनि रंगिने गर्छिन् । विशेष गरी युवा ज्योतिष हरिहर अधिकारी सँगको सम्बन्धमा l हरिहर र निताले आफूहरू साथी मात्र भएको बताउँदै आएका पनि छन् । तर, उनीहरूको प्रेम सम्बन्धको चर्चा चल्न भने रोकिएको छैन । यी जोडीको प्रेम चर्चा चलेको लामो समय भयो l प्रेमको प्रश्न आउँदा प्राय घुमाएर यी जोडी उत्तर दिन्छन् ,त्यस्मा पनि निता त खपिस छिन प्रेमका उत्तर दिन l उता हरिहर भने पंक्षिन खोज्छन् प्रेमको प्रश्न उब्जिने बित्तिकै ! एउटै प्रश्नले दिक्क बनाए पछि यस सम्बन्ध बारे हरिहर अब खुलेर नै मिडियामा आएका छन् l अन्ततः हरिहरले नितासँगको प्रेम स्वीकार गरेका छन् ।
सामाजिक सञ्जालमा सँगै बसेको तस्बिर राख्दै हरी हरले आफू प्रेममा भएको स्वीकार गरेका हुन l कमेन्टमा शुभचिन्तकले यी जोडीलाई बधाई पनि दिइरहेका छन् l गत हप्ता पोखरामा यो जोडीले लामो डेट गर्यो । उक्त समयमा पनि निताले फेसबुक र स्टाग्राममा घुमफिरदेखि ह्याङआउटका विभिन्न स्टोरीहरू सेयर गरेकी थिइन् । आमेश भण्डारी सँग प्रेम सम्बन्ध चिसिए पछि निता हरिहर सँग नजिकिएकी थिइन l डेढ वर्ष देखी एक अर्काको प्रेममा रहेका हरिहर र निता मिलेर एक फिल्म निर्माणको तयारी समेत गरिरहेका छन् ।