सागर लम्साल र अनु काफ्लेको जोडीमा म्युजिक भिडियो 'कस्तो लाग्यो कस्तो तिमिलाई' सार्वजनिक भएको छ l लोक पौडेलको स्वर रहेको गीतको भिडियोलाई राज खड्काले निर्देशन गरेका छन् l गीतमा लोककै शब्द र संगीत छ। बुद्ध थापाको छायांकन रहेको भिडियोमा नव विवाहित दम्पतीले श्रीमानले श्रीमती प्रति आभार  र प्रेम प्रकट देखाइएको छ l भिडियोलाई विष्णु खड्काले सम्पादन र रुपम सिंह गुरुङले संगीत संयोजन गरेका छन् l    l