दीपक ओलीले निर्देशन गरिरहेको फिल्म ‘ कृष्ण लीला’ को छायांकन सम्पन्न भएको छ l कारीब ४० दीनमा यही आइतबार फिल्मको सम्पूर्ण छायांकन सकिएको हो ।  झापा इलाम पाँचथर लगायत रमणीय ठाउँमा छायाङ्कन गरिएको फिल्ममा पुष्प खड्का र  श्रदा छेत्रीले  शीर्ष भूमिका निर्वाह गरेका छन् l प्रेम कथामा आधारित फिल्मको कथा लक्ष्मण सुवेदीले लेखेका हुन l कृष्ण र लीलाको भूमिकामा देखिएका पुष्प र श्रदाको अलावा बुद्धि तामाङ,रवीन्द्र झा,नवीन रेग्मी,हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकारले अभिनय गरेका छन् ।  आर आर फिल्म्सको प्रस्तुति  रहने फिल्मको रिलिज मिति केही समय पछि तय निर्माणले टिमले बताएका छन् l अर्जुन पोखरेलको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा शिव ढकालले डिओपी काम सम्हालेका छन् l रत्न श्रेष्ठ कार्यकारी निर्माता तथा प्रकाश कार्की र केवल तामाङ निर्माता रहेको फिल्ममा रोहित कट्टेलको प्रस्तुति रहेको छ l