'निकेड एस्प्रेस' नेपाल द्वारा उत्पादित आधुनिक पहिरनका पोसाक सार्वजनिक भएको छ l सोमबार कम्पनीले पत्रकार सम्मेलन गर्दै आफ्नो नयाँ उत्पादन र डिजाइनको जानकारी गराएको हो l आफ्नो उत्पादन गुणसतरिय र सेवाग्राहीको चाहना अनुरूप तयार गरीने बताएको छ l चिन् मा उत्पादन हुने नेपालको प्रतिष्ठित ब्रान्ड हो निकेड एस्प्रेस l अन्तर्राष्ट्रिय पहिरन र ब्रान्ड सँग पनि सहकार्य गर्दै ग्राहकको चाहना अनुरूप उत्पादन गरीने निकेड एस्प्रेसका अध्यक्ष किशोर खड्काले बताएका छन् l निकेड एस्प्रेसले ब्रान्ड एम्बेस्डरमा नायक प्रदीप खड्कालाई प्रस्तुत गरेको छ l क्वालिटीलाई मध्य नजर गर्दै पुरुष र महिलालाई हुने गरी सम्पूर्ण डिजाइनका कपडाहरू जस्तै पाएट,जम्पट इत्यादि चाइनामा निकेड एस्प्रेसले उत्पादन गर्दै आइरहेको छ l सो उत्पादन नेपालमै १० ठाउँ भन्दा बढी होलसेल र ७०० ठाउँ भन्दा बढीमा आउट फिटमा बिक्री वितरण गर्दै आइरहेको छ l बहुराष्ट्रिय कम्पनीहरू सँग प्रतिस्पर्धा गर्ने उद्देश्य साथै सबै खाले ग्राहकको मन जित्ने कम्पनीले जनाएको छ l यही सोचका कारणले गर्दा नै आज निकेड एस्प्रेस ग्राहकको नम्बर १ रोजाइमा पर्न सफल भएको छ l