सञ्चारकर्मी नरेश भट्टराईको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ l गायक शिव परीयारको स्वरमा गीत 'तिम्रो याद भुलाउँन' सार्वजनिक भएको हो l नरेशको जोडीमा साक्षी लम्साल रहेकी छन् l उमेश रेग्मीको शब्द र संगीतमा तयार पारिएको गीतमा महाराज थापाले संगीत संयोजन गरेका छन् l भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन l युवराज वाइबाको निर्देशन रहेको भिडियोको छायाङ्कन निश्चल पौडेलको रहेको छ l भिडियोलाई गोत्र एन्टरटेन्मेन्ट च्यानल बाट सार्वजनिक गरिएको छ l