नेपालको पर्यटन,सस्कृति, विविधता, भाषा, जात, धर्म तथा विभिन्न पर्वहरूको प्रचार तथा सरक्षणको लागी ब्राजलिक मिडिया प्राली द्वारा निर्माण गरेको हास्य टेलीसिरियल '४ दुना ९' यही पुस २३ गतेबाट हरेक बिहीबार नेपाल टेलिभिजनमा प्रसारण हुने भएको छ l ७ बजे बाट प्रसारण हुने टेलीचलचित्रको लेखन रेसम बुढाथोकीको रहेको छ l प्रत्येक जिल्लाको दृश्यलाई क्यामरा कैद गरी निर्माण गरेको यस टेलीचलचित्रमा कलाकार राजा राम पौडेल  , रवीन्द्र झा, भगवती खड्का, रेसम बुढाथोकी ,रिदम खड्का लगायत कलाकारहरूको अभिनय रहेको छ l प्रवेश पोख्रेल र गोकुल राउतको संयुक्तमा छायाङ्कन गरिएको टेलीचलचित्रको कथाले दर्शकलाई भाषा, धर्म, जात र सस्कृति बारे जानकारी दिनुका साथै मनोरञ्जन दिनेमा निर्माण टिम निर्धक्क छन् l ३० मिनेटको एक भाग समेटिने  टेलीचलचित्र प्रत्येक जिल्लामा ३ देखी ५ भाग सम्म दृश्य खिचिने छ l टेलीचलचित्रमा छेडुप लामाको निर्देशन ,रविन भट्ट र सौखिन तिमल्सिनाको सम्पादन ,सुरेश अधिकारीको संगीत ,खोजराज गोलेको शब्द ,सन्तोष लामाको आवाज  समावेश रहेको छ l कर्मा डी लामा , गणेश तामाङ ,कुइसाङ तामाङ रुम्बा टेलीचलचित्रमा निर्माताको रूपमा रहेका छन् l