चलचित्र 'चिसो मान्छे'को रिलिज मिति तय भएको छ l आउँदो वर्ष अर्थात् २०७८ सालको भाद्र ११ गतेलाई चलचित्रको प्रदर्शन मिति तय गरिएको हो l निर्देशक दीपेन्द्र खनालको निर्देशन रहने चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहने छ l यसै चलचित्र बाट स्वस्तिमाको दोश्रो पटक अर्पण सँग सहकार्य हुन लागेको हो l शर्मिला पाण्डेको निर्माण रहने चलचित्रले मानिसमा देखिएको नैरश्यताको कथालाई प्रस्तुत गर्नेछ l चलचित्रलाई रीच इन्टरटेनमेन्टसँगै जीजीए ग्रुपले उपत्यकामा र एफडी कम्पनिले मोफसलमा वितरण गर्नेछ ।मध्यम वर्गीय परिवारको कथा रहने फिल्ममा निर्देशक खनालकै कथा रहने जनाइएको छ । कोरोना भाइरसको प्रभावले सिनेमा क्षेत्रमा देखिएको महामारीका बेला निर्देशक खनालले यो फिल्मको घोषणा गरेका थिए ।