नेपालमा फिल्म हल खुलेसँगै गतिविधि बढ्न थालेका छन् । नयाँ फिल्म प्रदर्शनका लागि पनि मिति तय भइरहेका छन् भने निर्माण र घोषणाले पनि गति लिँदै छ । यसै बिच  आउँदो शिवरात्रिमा नयाँ फिल्म ‘लप्पन छप्पन २’ रिलिज हुने घोषणा केही समय अगाडी मात्र भएको थियो । अब माघ १ गते यानिकी  माघेसंक्रान्तिको दीन फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज हुने भएको छ l सिनेमा हल खोलियो l तसर्थ दर्शकले फिल्म हेर्न सिनेमा हल तिर त्यति चहलपहल भने गरेका छैनन् l कोरोनाका कारण लामो समय देखी सिनेमा क्षेत्र बन्द रह्यो l केही समय मात्र भयो सिनेमा हल हरू सञ्चालनमा आउन थालेको l लिखित नभए पनि सरकारले मौखिकमा सिनेमा हल खोल्न सञ्चालन दिएको हो l यस समय हल सञ्चालकहरूले फिल्म लिन मानी रहेका छैनन् l दर्शक तान्न गाह्रो नै भए पनि ‘एउटा यस्तो प्रेम कहानी’ टिमले चाहिँ चुनौती लिँदै फिल्मलाई १ गते नै चलाउने घोषणा गरेका हुन l मंगलवार पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको टाइटल गीत र पोस्टर सार्वजनिक गरी सकेका छन् l “म तिम्रो आँखाबाट यो संसार देख्न चाहन्छु, म एउटा यस्तो प्रेम कहानी लेख्न चाहन्छु” शीर्ष गीत सार्वजनिक प्रदर्शनी गरिएको थियो । रिलिज भएको शीर्ष गीतलाई विश्व नेपाली र अस्मिता परियारले स्वर दिएका छन् भने यसमा संगीत वसन्त सापकोटाले दिएका छन् । दिपेस सापकोटाको निर्देशन रहेको फिल्मको निर्मातामा शिव श्रेष्ठ, यशोदा राई तुम्बाहाम्फे र दिनेश दर्शनधारी छन् । सो कार्यक्रमलाई संबोधन गर्दै वरिष्ठ नायक श्रेष्ठले विश्वभर महामारीको रुपमा आएको कोरोनाको कारण नेपालको चलचित्र उद्योगले भोगेको समस्यालाई दृष्टिगत गरी चलचित्रको छायाँङकन र प्रदर्शन खुलाउन चलचित्रकर्मीहरुले ठूलो प्रयास गर्नुपरेको बताए ।

फिल्मको वितरणको जिम्मा जी.जी.ग्रुप,बि.के.फिल्मस र एफ.डी.ले लिएको छ । फिसटेल मुभिज् प्रा.लिको ब्यानरमा बनेको यस चलचित्रको डिजिटल राइट ट्रि इन्टरटेनमेण्टले लिएको हो । खुम तामाङ, सुनिल कटुवाल, रामनारायण शाह, दिनेश थापा मगर र तारा तुलाधर सह निर्माता रहेको फिल्ममा नायक शिव श्रेष्ठ , प्रियंका कार्की, आयुष्मान् देशराज जोशी,वर्षा राउत,संजोग कोइराला, बसुन्धारा भुसाल,आड.तेम्वा शेर्पा, मिथिला शर्मा, विष्णु चेम्जोङ.,रेखा फागो, नरेन खड्का,ध्रुब कोइराला,प्रभु श्रेष्ठ, नवराज विश्वकर्मा लगायतको अभिनय रहेको छ ।