मह संचारको प्रस्तुतिमा म्युजिक भिडियो 'एउटा कुरा छ' सार्वजनिक भएको छ l हास्य कलाकार हरिवंशको आवाज ,शब्द र संगीत रहेको म्युजिक भिडियोलाई मह संचारको अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो l भिडियोलाई राम काजी कँडेलले सम्पादन गरेका छन् l सत्य दीप केसीले खिचेको भिडियोमा हरिवंश स्वयमले अभिनय गरेका छन् l किरण तुलाधरको संगीत संयोजन रहेको भिडियोलाई निर्देशन सागर राज शर्माको रहेको छ l