गायक प्रमोद खरेललाई गालीगलौज गरेको भन्दै संगीतकर्मीहरुले म्युजिक कम्पनीका संचालकलाई कारबाही गर्न अनुरोध गरेका छन् l सुवास रेग्मी विन्धवासिनी म्युजिक प्रालिका संचालकलाई कारबाही गर्न प्रहरी समक्ष अनुरोध गरेका हुन l टेकु प्रहरी परिषदमा कारबाहीको निवेदन जारी गर्दै ५७ जना संगीतकर्मी साथै गायकहरूले हस्ताक्षर गरेका छन् l आफ्नो सिर्जना नियम अनुसार फिर्ता माग्दा गाएका प्रमोदलाई कम्पनी संचालकले अभद्र व्यवहार गरेको आरोप छ l
संगीतकार लक्ष्मण शेष, गायक राजेश पायल राई, शिव परियार, सत्यराज आचार्य, स्वरूपराज आचार्य, इन्दिरा जोशी, संगीतका संगीतकार लक्ष्मण शेष, गायक राजेश पायल राई, शिव परियार, सत्यराज आचार्य, स्वरूपराज आचार्य लगायतले पत्रमा हस्ताक्षर गर्दै निवेदकले आफ्ना सिर्जना नियम अनुसार फिर्ता माग्दा आफूलाई अन्यायपूर्ण व्यवहार गरिएको गायक खरेलको आरोप साथै उनीहरुले नेपाली संगीत डिजिटल युगमा प्रवेश गरेसँगै आफैँले लगानी गरेर बजारमा ल्याएको गीत लगानीकर्ताको हुनुपर्ने माग पत्रमा जारी छ l कानुनी प्रक्रिया अनुसार कारबाही गर्ने प्रहरीले बताएको छ l