हालै कोरोना बाट मुक्त भएका ७८ वर्षीय बलिउड अभिनेता अमिताभ बच्चन लद्द्ख पुगेका छन् l ३३ डिग्री तापक्रम रहेको लद्द्खमा पुगेको  अमिताभले ट्विटर मार्फत खुलाएका हुन l  तस्बिर पोस्ट गर्दै  अमिताभ लेख्छन् ‘लद्दाख पुगेँ र फर्की पनि सकेँ। माइनस ३३ डिग्री। यसले मलाई चिसोबाट बचाउन सकेन।’ बाक्लो कपडा र चस्मा सहित प्रस्तुत भएका अमिताभलाई उनका शुभचिन्तकहरू यस उमेरमा आएर ऊर्जा देखाएको भन्दै धेरैले  प्रशंसा गरेका छन्। एक प्रशंसकले भनेका छन्, ‘प्रिय अमिताभजी, तपाईँ कुनै पनि युवाले गर्ने बढी काम गर्नुहुन्छ। मलाई खुसी लाग्छ कि तपाईँ यस्तो चर्चामा हुनुहुन्छ। हामी तपाईँलाई माया गर्छौँ। तर कृपया आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नुहोला। हामीलाई तपाईँको खाँचो छ। धेरै मायासहित।’ केहीले भने यो उमेरमा आएर अझै कामको पछि नलाग्न सल्लाह दिएका छन्। भनेका छन्, ‘तपाईँले चाहिने पैसा कमाइसक्नु भएको छ। आफ्नो जीवनभन्दा ठुलो केही छैन। त्यसैले अबबाट यस्तो साहसको काम नगर्नु होला।’