छुल्ठिम गुरुङ अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ l किरण घिमिरे 'माइकल' को आवाजमा गीत 'फेवा' सार्वजनिक भएको हो l माइकलकै शब्द र संगीत रहेको गीतलाई लक्ष्मण सुनारले सम्पादन र निर्देशन गरेका छन l शब्द रचनामा माइकललाई सुदिप आत्रयले साथ दिएका छन् l छुल्ठिम सँग तीर्थ कोजी भिडियोमा फिचर्ड छन् l भिडियोमा एरेञ्जको काम शैलेन्द्र एम. प्रधानले गरेका छन् भने सारङ्गी हेमन्त कान्छा रसाइलीको छ । आत्रेय प्रोडक्सन युट्युब च्यानल बाट भिडियोलाई रिलिज गरिएको हो l हरि लामा र सुदिप आत्रेयको निर्माण रहेको भिडियोको दृश्य सौरभ लामाले खिचेका छन् l