सरोज अधिकारी र आश्मा बिस्वकर्मा फिचर्ड म्युजिक भिडियो 'जनकपुरे रेल' सार्वजनिक भएको छ l अनिल जोशी र अस्मिता अधिकारीको आवाज समावेश गरिएको गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन् l गीतको शब्द र संगीत पनि गायक अनिलकै रहेको छ l भिडियोलाई सिलम लम्सालले सम्पादन गरेका हुन l उत्सव दाहालको छायाङ्कन रहेको भिडियोको गीतमा मोहित मुनाल संगीत संयोजन रहेको छ l सेभेन इलाभेन म्युजिक फ्याक्ट्री युट्युब च्यानल बाट गीतलाई रिलिज गरिएको छ l