बलिउड बहुप्रतिक्षित फिल्म 'के जी एफ २' को टिजर सार्वजनिक भएको छ l रक स्टार यस राजको अभिनय रहेको चलचित्रलाई बिहीबार सार्वजनिक गरिएको हो l सार्वजनिक भएको १४ घण्टा भित्र टिजरलाई २२ मिलिएन दर्शकले हेरी सकेका छन् l ८ जनवरीमा  रिलिज गर्ने भनिएको टिजरलाई  फ्यानका डिमान्डका कारण अगाडि नै रिलिज गरिएको हो । यसको अलावा फिल्ममा सञ्जय दत्त, रबिना टन्डन ,प्रकाश राज,मल्भिका अभिनास लगायत कलाकारहरू अभिनय रहेको छ l विजय किरागन्दुरको निर्देशन रहेको केजी एफ को दोश्रो सिक्वेललाई दर्शकले लामो समय देखी प्रतीक्षा गरी रहेका थिए l