छायाङ्कन अनुमति दिरहदा हलमा चलचित्र चलाउन भने सरकारले निर्देशन दिएको छैन l सरकारको अनुमति बिना नै हल सञ्चालक र निर्माताहरू चलचित्रलाई रिलिज गर्न आफैँ तत्पर भएका छन् l आजको साता बाट दुई नयाँ चलचित्रहरू प्रदर्शन हुँदै थिए l केही मल्टिप्लेक्सले चलचित्रको सोज समेत आउट गरिसकेका छन् l हलिउड चलचित्र 'मन्स्टर हन्टर' र नेपाली चलचित्र 'एउटा यस्तो प्रेम कहानी' l रिलिजको नजिकिदै गर्दा विकास बोर्डले नयाँ चलचित्रहरूलाई रिलिज गर्न रोक लगाएको छ l सञ्चार मन्त्रालयले दबाब दिएका कारण विकास बोर्डले चलचित्र रिलिजमा रोक लगाएको हो lसञ्चार सचिव हरिप्रसाद बस्यालले बोर्ड अध्यक्ष दयाराम दाहाललाई मन्त्रिपरिषद् निर्णय नहुँदासम्म नयाँ चलचित्र सेन्सर र रिलिज नगर्न निर्देशन दिएका छन् ।
सरकारले नयाँ चलचित्र रिलिजमा रोक लगाउने बताएपछि चलचित्र संघले आकस्मिक बैठक बोलाउने तयारी गरेको छ l विकास बोर्डले हल चलाउन पाउ भनेर लेखिएका पत्रहरू यती बेला सञ्चार मन्त्रालयमा थाती बसेको छ l हाल सम्म १७ वटा पत्र लेखिसके तर सुनुवाइ हुन सकेन , यस्तै हो भने केही समय पछि पुनः चलचित्र हल बन्द गर्नुपर्ने स्थिति आउन सक्छ अध्यक्ष दाहाल भन्छन् l संघका गोपाल कायस्थ र देवेन्द्र खड्गीले सरकारविरुद्ध थप कडा आन्दोलनका कार्यक्रम घोषणा हुनसक्ने बताए । ‘अरू क्षेत्र खुलिसकेपनि चलचित्रलाई अनुमति नदिने काम खेदजनक छ’ कायस्थले भने, ‘अब बैठक बसेर थप कार्यक्रम टुङ्गो लगाउँछौँ ।