बाबुल गिरी र रचना रिमालको आवाजमा गीत 'ख्याल राख है' रिलिज भएको छ l गीतको शब्द लोक राईले कोरेका छन् l केन्द्र मोसन्स पिक्चर्सको प्रस्तुति रहेको भिडियोलाई सुरेन्द्र मल्ल ठकुरीले निर्देशन गरेका छन् l गीतको संगीत बाबुलकै रहेको छ l श्रीमान् श्रीमतीको प्रेमलाई सार्वजनिक भिडियोमा देखाउन खोजिएको छ l मिलन खत्री र आश्मा गिरी भिडियोमा फिचर्ड छन् l सिलन लम्सालले सम्पादन गरेको भिडियोलाई चक्र बरालले खिचेका हुन् l