हरेक बर्ष जस्तै यस बर्ष पर्नि ‘तिरे–जिरे–ब्रेकफेल गाइजात्रा’को सुरुवात भएको छ । साउन २४ बाट सुरु हुने उक्त कार्यक्रम हरेक बर्ष गाइजात्राको अवसर पारेर आयोजना हुर्दै आइरहेको छ ।
राजधानीको प्रज्ञा भवन कमलादीमा आयोजना हुने यस कार्यक्रमको लागि आवश्यक तयारी भइरहेको आयोजक कारोबार मिडिया प्रा.लिले जनाएको छ । हाँस्य कलाकारहरुको प्रत्यक्ष प्रस्तुति मार्फत मनोरञ्जन लिन सकिने यस कार्यक्रममा कलाकारहरुले विद्यमान राजनीतिक तथा सामाजिक विकृतिहरुलाई ब्याङ्ग्यात्मक आलोचना गरी सुधार गर्न दबाब दिने गर्दछन् ।
कार्यक्रम साउन २४ गतेबाट भदौ ३ गते चल्नेछ । लोकप्रिय हास्यब्याङ्ग्य टेलिभिजन कार्यक्रम तिते–जिरे र ब्रेकफेललाई संयोजन गरी ती कार्यक्रम सम्वद्ध कलाकारहरुको ‘तिरे–जिरे–ब्रेकफेल गाइजात्रा’ मा प्रस्तुति रहने छ । यस बर्षको गाइजात्रा विशेषको मुख्य कलाकारहरुमा दीपकराज गिरी, शिवहरि पौडेल, किरण के.सी., मनोज गजुरेल, शैलेन्द्र सिंखडा, राजाराम पौडेल, दमन रुपाखेती, पूर्ण थापा, रवि डंगोल, मनोज आचार्य, टीका भण्डारी, शिवहरि बैरागी, सविता गुरुङ, निरज नेपाल, कविता शर्मा, सरिस्मा मगरलगायत रहनेछन ।