टुइन्स दिदी बहिनी स्मारिका र सामारिका पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त भइरहेका छन् l टिक् टक बाट दर्शकको नजरमा परेका स्मारिका र सामारिकाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ l स्मिता दाहाल र रबी ओडको स्वर रहेको गीत 'तिम्रै नामको सिन्दुर ' सार्वजनिक भएको हो l सागर ओलीको निर्देशन रहेको भिडियोमा स्मारिका र सामरिका सँग प्रकाश चन्द र विजय पुनले पनि कम्मर मर्काएका छन् l गीतको शब्द दिनेश थपलियाले कोरेका हुन l राजन राज सिवाकोटीको संगीत ,नरेन्द्र वियोगीको संगीत संयोजन र अमन मानन्धरको सम्पादन रहेको छ l नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियोलाई गज्जब टिभी युट्युब च्यानल बाट रिलिज गरिएको छ l