चर्चित हाँस्य कलाकार एवं सामाजिक अभियन्ता सिताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस सुन्तली) ले नयाँ सिरिज निर्माण गर्ने भएका छन् । सिरिज 'म त मर्छु की क्या हो' l शनिवार धुर्मुसले सामाजिक सञ्जालमा टाइटल पोस्टर सार्वजनिक गर्दै सिरिज निर्माणको घोषणा गरेका हुन l सुभीयानी फिल्मस् ब्यानरको प्रस्तुति रहने चलचित्रको पोस्टरमा धुर्मुसले कमिङ सुनको ट्याग दिएका छन् l पछिल्लो समय एकल निर्माण हात हालिरहेका धुर्मुस सुन्तलीले यस अघि चलचित्र सेन्टी भाइरस निर्माण गरेका थिए l गत वर्ष निर्माण गरिएको चलचित्र 'सेण्टी भाइरस' कोरोना महामारीका कारण रिलिजमा आउँदा आउँदै रोक्नु परेको थियो l 'सेन्टी भाइरस' चलचित्र पस्चात एकल निर्माणमा सिरिज बनाउने घोषणा धुर्मुसले गरेका हुन l यती बेला धुर्मुस सुन्तलीको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अन्तिम चरणमा पुगेको छ l