वरिष्ट शब्द रचनकार भैरवनाथ रिमालको ८६ वर्षको उमेरमा निधन भएको छ l पछिल्लो ८ महिना देखी बिस्म्रिती 'अल्जाइमर्स' रोगले थलिएका रिमालको आज शनिवार बिहान आफ्नै निवासमा निधन भएको हो l ‘जुन फूल मैले चाहेको थिएँ’, अरुणा लामाले गाएको ‘उदास मेरो जीवन कथा’ लगायत चर्चित गीतहरू रचना गरेका रिमालको सबै गीत कालजयी छन् । १९९३ माघ २० गते ठमेलमा जन्मिएका रिमाल कवि एवं गीतकारका रूपमा चर्चित छन् l वरिष्ट गायक फत्तेमानको आवाजमा समावेश रहेका उनका रचना “जिन्दगीको पाना भरि सुख भेटिँदैन” शब्द, संगीत र गायन तीनै हिसाबले नेपालको उच्च कोटिको गीतमध्ये पर्दछ । रिमालको शब्दमा कोरिएका थुप्रै गीतहरू आज उनी नरहे पनि दर्शक माझ भने सदैव रहीरहने छ l  l