चलचित्र 'छक्का पन्जा ३' ले छोटो समयमानै दर्शकको माया पाएको छ l केही समय अघि मात्रै युट्युबमा सार्वजनिक गरिएको चलचित्रले सकारात्मक प्रतीकृया साथ करोड दर्शकले हेरेका छन l चलचित्रका कलाकार तथा निर्माता दीपकराज गिरीले हलमा जस्तै युट्युबमा पनि दर्शकले माया गरेकोमा खुसी व्यक्त गरे । दर्शकले युट्युबमा पनि निकै प्रतीक्षा गरेकाले र सकारात्मक प्रतिक्रिया पाएकाले पनि भ्यूजमा नयाँ रेकर्ड बनेको हो ।यस अघि चलचित्र ए मेरो हजुर ३ ले करोड भ्युजको आँकडा पार गरेको थियो l कमेडी जनरामा निर्माण गरिएको चलचित्रले ब्यङ्य गर्दै सरकारी विद्यालय र प्राइभेट विद्यालयको भित्री कथालाई देखाउन खोजेको छ l १ करोड भ्युज पार गरेको चलचित्रमा दीपिका प्रसाईँ र दीपक राज गिरी मुख्य भूमिकामा छन भने यी दुईको अलावा माग्ने बुडा केदार घिमिरे , जितु नेपाल , दिपाश्री निरौला , शिवहरि पौडेल लगायतको अभिनय रहेको छ l