भोइस अफ नेपाल सिजन २ का विजयी राम लिम्बुको नयाँ गीत सार्वजनीक  भएको छ l आफ्नै अफिसियल युट्युब च्यानल बाट 'दुई चार दीन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो l मेल्ट डाउन नेपालको शब्द रचना रहेको गीतको भिडियोलाई नरेन लिम्बुले निर्देशन गरेका छन् l भिडियोमा कुसुम गुरुङ र सुजन फागो लिम्बुको अभिनय रहेको छ l प्रवीण श्रेष्ठको सम्पादन रहेको भिडियोलाई बिजेन्द्र भट्टराई र सालोम लेप्चाले संयुक्तमा छायाङ्कन गरेका छन् l